कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलमा कक्षामा पढ्ने विद्यार्थीहरूको आर्कषण बढ्दो छ । स्थापनाकालदेखि शतप्रतिशत नतिजा दिँदै आएको गोरखामा अध्यापनका सम्पूर्ण टुल्सहरू विद्यार्थीहरूलाई आरक्षण बढ्दै गएको छ । २०६६ देखि व्यवस्थापन सङ्कायमा समेत अध्ययन गराउने गरेको गोरखामा प्लस टु तर्फ विज्ञान सङ्काय सञ्चालनमा छ। शैक्षिक वर्ष २०८०/ ८१ देखि २०८२ /८३ सम्मको भर्ना विवरण हेर्दा यो विद्यालय अब यस क्षेत्रकै अग्रणी शिक्षण संस्थाको रूपमा उभिँदै गएको देखिएको हो ।
विद्यार्थीका लागि इन्टर्नसिप, करियर काउन्सिलिङ, प्राक्टिकल शिक्षा, साइकोलोजी तथा विशेषज्ञ परामर्शदाता जस्ता पूर्वाधार तयार पारेर अध्यापन गराउने गरेको गोरखा स्कुलले यसपालि विज्ञानमा २ सेक्सन र व्यवस्थापनमा १ सेक्सन गरि जम्मा ३ सेक्सनमा अध्ययन अध्यापन गराउने गरको छ । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिने दीर्घ सोच बनाएको गोरखाले प्रति सेक्सन ३५ जनाका दरले १ सय ५ जना विद्यार्थीहरूलाई मात्र शिक्षा दिने कोटा छुट्टाएको भएपनि जेहन्दार , लगनशील र इन्ट्रान्सको रिजल्ट अध्ययन गरि प्रति सेक्सन २ ३ जनाका दरले वृद्धि गरि अध्यापन गराउने सोच राखेको बताउँछन विद्यालयका संस्थापक सञ्चालक अध्यक्ष केशर बहादुर आलेले बताए ।
यस वर्ष पनि गोरखामा अध्ययन गर्ने लालसामा विज्ञान तर्फ १ सय सन्ताउन्न जना र व्यवस्थापनतर्फ ५७ जनाले पूर्व परिक्षण परीक्षामा सामेल भएको अध्यक्ष आलेको भनाई छ । उनका अनुसार आफूले सबैलाई गोरखामा अध्ययन गर्ने अवसर प्रदान गर्ने सोच बनाएपनि दक्ष जनशक्ति अभावका कारण आफ्नो विद्यालयले ३ सेक्सन भन्दा बढि कक्षाहरू सञ्चालन गर्न असमर्थ छ ।
दक्ष शिक्षक, आधुनिक शिक्षण प्रविधि तथा विद्यार्थीमैत्री वातावरणको संयोजनले गर्दा गोरखामा भर्ना हुन चाहनेहरूको सङ्ख्या बढ्दो छ,’ आउँदा वर्षमा जनशक्ति व्यवस्थापन गरेर सेक्सनको सङ्ख्या बढाउने सोचमा छौं अध्यक्ष आलेमगरले भने ।














Leave a Reply