२० वर्षदेखि कोहलपुर नगरपालिका–११ मा सञ्चालित लर्डबुद्ध एजुकेशन एकेडेमीद्वारा सञ्चालित शिक्षण अस्पताल कोहलपुरमा नेपाल सरकारले लागू गरेको आमा सुरक्षा (सुत्केरी सेवा) कार्यक्रम हालै बन्द भएपछि नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाल सरकारले लागू गरेको सुत्केरी सेवा बन्द भएको जानकारी शिक्षण अस्पताल कोहलपुरले २०८२ असार ३२ गते सार्वजनिक गरेको थियो। उक्त सेवाको स्थायित्वका लागि स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने उनिहरूको माग छ। उनीहरूले संघीय सरकारले सञ्चालन गरेको उक्त स्वास्थ्य सुरक्षा कार्यक्रम स्थायी बनाउन आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।
साझा विज्ञप्तिमा भनिएको छ, “राज्यले गर्भवती आमाका लागि सञ्चालन गरेको यो कार्यक्रम कोहलपुर नगरपालिका र अन्य स्वास्थ्य संस्थाहरूका लागि अत्यावश्यक छ। यो कार्यक्रम बिना सुत्केरी महिलाले ठूलो समस्या व्यहोर्नु पर्नेछ, त्यसैले तत्काल पुनः सञ्चालन गर्नुपर्छ।”
जनप्रतिनिधिहरूले संघीय सरकारलाई स्थानीय सरकारमार्फत तत्काल हस्तक्षेप गर्न, कार्यक्रम सञ्चालनमा अवरोध नगर्न र नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेका छन्।
विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी ,नेपाल कम्युनिष्ट पार्टी (बहुमत) नेसपा ९नयाशक्ति० नेकपा ९ए।स० , रास्वपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीले हस्ताक्षर गरेका छन ।
दलहरूले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लाई समेत सर्वसुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन समेत माग गरेका छन ।














Leave a Reply