Advertisement

कोहलपुरका विज्ञान शिक्षकहरूको ३ दिन प्रशिक्षण जीवन ज्योति स्कुलमा सुरु 

कोहलपुर नगरपालिकाको आयोजनामा  विज्ञान शिक्षकको ३ दिने प्रशिक्षण मङ्गलवार बाट जीवन ज्योति विद्यालयमा सुरु भएको छ । प्रशिक्षणको शुभारम्भ गर्दै कोहलपुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख सङ्गीता सुबेदीले शिक्षा क्षेत्र कोहलपुर नगरपालिकाको प्राथमिकतामा रहेको बताइन । उनले शैक्षिक हवको रुपमा विकास गर्न पूर्वाधारको साथसाथै जनशक्ति विकास समेत आफूहरूको प्राथमिकतामा रहेको बताइन । सोही क्रममा अन्तराष्‍ट्रिय प्रोफेसर ल्याएर विज्ञान विषयका शिक्षकहरू लाई प्रशिक्षण दिन लागिएको उनको भनाई थियो । विज्ञानका साथसाथै गणित र अङ्ग्रेजी विषयका शिक्षकहरू लाई समेत छिटै यसै प्रकृतिको तालिम दिइने उनको भनाई छ । उनले अन्तराष्ट्रिय स्तरको प्रशिक्षक लाई ल्याँउदा देश बिदेशको शिक्षण सिकाइ र अनुभव प्राप्त हुने भन्दै यसले कोहलपुरको शिक्षा सुधारमा ठुलो योगदान गर्ने बताइन । 

कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमालले शिक्षा क्षेत्र सुधारका लागी शिक्षकहरूको क्षमता विकास अनिवार्य भएको बताए । उनले शिक्षण सिकाइका प्रशिक्षण र अनुभवले सबल सक्षम शैक्षिक जनशक्ति तयार हुने बताए ।

कार्यक्रममा बोल्दै प्रशिक्षक प्रोफेसर डा ओमेर चोरेसले आफू  पाँचौ पटक नेपाल आएर प्रशिक्षण दिएको स्मरण गर्दै यस खाले कार्यक्रम आयोजना प्रति आयोजक लाई धन्यवाद दिए । कार्यक्रमको अध्यक्षता गरेका जीवन ज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले विदेशी प्रशिक्षकको  क्षमता र अनुभवको भरपुर फाइदा  लिन शिक्षकहरू लाई आग्रह गरे । कार्यक्रममा कोहलपुरका माध्यामिक तहमा अध्यापन गराउने ४० विज्ञान शिक्षकहरूको सहभागिता रहेको नगर शिक्षा शाखाका रबि लाल मिजारले जानकारी दिए ।

कोहलपुर नगरपालिकाको आयोजना जीवन ज्योति स्कुलको समन्वय र  शिक्षा क्षेत्रमा काम गर्दै आएको गैर सरकारी सस्था किफ नेपाल सहकार्यमा प्रशिक्षण आयोजना गरिएको हो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *