Advertisement

वाई.सि.एल.ले गर्यो कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सरसफाइ तथा वृक्षारोपण 

योङ्ग कम्युनिस्ट लिग , नेपाल (वाई सि एल) ले २ महिने श्रम तथा उत्पादन अभियानको बाँकेको कोहलपुरमा सुरुवात गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले कोहलपुर ११ को अन्तराष्ट्रिय क्रिकेट मैदानमा सरसफाइ तथा वृक्षारोपण गरेर अभियानको सुरुवात गरेको बाइसिएलका नेता लाल बहादुर खड्काले जानकारी दिए । उत्पादन तथा श्रम अभियानको सुरुवात गर्दै नेता न्यौपानेले वाई. सि. एल. ले सुशासन ,उत्पादन र समाजिक कामको अगुवाई गर्नुपर्ने बताए । उनले युवाहरूमा आशा जगाउन रचनात्मक कामहरू गर्नुपर्नेमा उनको जोड थियो ।

माओवादी पार्टीको सहायक सङ्गठन वाई. सि. एल. पछिल्लो समय देशभर लाखौ युवाहरूको भरोसाको केन्द्रका रुपमा विकास भएको उनको भनाई थियो । उक्त कार्यक्रममा युवा नेता तथा नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य सुरज जागा ,नेकपा (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष वल बहादुर खड्का , बाइसिएलका केन्द्रीय सचिव दीपक मल्ल , केन्द्रीय सचिवालय सदस्य तथा बाँके इन्चार्ज आकाश कार्की , केन्द्रीय सदस्य प्रमिला चौधरी , सविना सिह वाईसीएल कोहलपुर अध्यक्ष विजय परियार लगायत दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो । २ महिने अभियान अन्तरगत समाजिक काम , जनसेवा र सुशासन लगायतका क्षेत्रमा काम गरिने नेता लाल बहादुर खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *