अखिल नेपाल महिला सङ्घ ( क्रान्तिकारी) कोहलपुर नगर समितिको अध्यक्षमा कोपिला शर्मा चयन भएकी छन । अखिल नेपाल महिला सङ्घ कोहलपुर नगर समितिको तेस्रो नगर सम्मेलनले शर्माको अध्यक्षमा ५१ सदस्यीय नगर समिति चयन गरेको हो ।
सम्मेलनको उद्घाटन गदै अखिल नेपाल महिला सङ्घ ( क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष उषा पुनले महिला अधिकारका अझै सर्घष जारी राख्नुपर्ने बताइन । संविधानको कार्यान्वयन गर्दे गणतन्त्रको प्रत्याभूत गर्नका लागी महिलाहरूको भूमिका प्रभावकारी हुनु पर्ने बताइन । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले समानता र महिला अधिकारका लागी लडेको पार्टी माओवादी केन्द्र भएको बताए । उनले राजनैतिक आर्थिक र नीति निर्माणको तहमा महिला सहभागिता पक्षमा पार्टीले निरन्तर आवाज उठाउँदै आएको बताए ।
उनले हरेक तहमा महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेकपा माओवादी बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्स , महिला नेतृ रेणुका खड्का नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेश केसी , नेकपा माओवादी केन्द्रका कोहलपुर अध्यक्ष बल बहादुर खड्का , जिल्ला कमिटी सदस्य ओपेन्द्र नाथ योगी लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।














Leave a Reply